Wednesday, February 1, 2012

दोहोरो अर्थको गीत

सायद लेखक ज्युले यसलाई गजलको रुपमा लेख्नु भएको तर यो गजलको नियम बिपरित छ त्यसैले गीत भन्न मिल्ने भएको हुनाले गीत भनेर नै पोस्ट गरि दिए है त ....


मैले तिमीलाई हानेको गफ, हिजो जस्तो लाग्छ !
तिमीले पनि थापेको सहि,हिजो जस्तो लाग्छ !!

तिमि तल म माथि, चढ्दा खेरि उकालीमा
तिमीले मेरो चाटेको दिमाख, हिजो जस्तो लाग्छ !!


ठोक्न पनि ठोक्थे, ज्यानै बाजी तिम्रो लागि
दिन सम्म दिएको धोका,   हिजो जस्तो लाग्छ !!


छिर्न गार्हो भएथ्यो, चुरा तिम्रो हात भित्र
फुटी रगत आएको हातमा,  हिजो जस्तो लाग्छ !!


नमज्जाले पसेथ्यो, धुलो तिम्रो आँखा भित्र
माड्नु सम्म माडेको, आँखा  हिजो जस्तो लाग्छ !!


उठ्दा पनि उठेंन, जति गर्न खोजे पनि
हान्दा हान्दै थाकेको, फोन  हिजो जस्तो लाग्छ !!


दिई रहे दिई रहे, दिदा दिदै थाके जवाफ
मैले च्यातेको चिठी,  तिम्रो  हिजो जस्तो लाग्छ !!


अट्दा पनि अटेन, सानो रे'छ झोला तिम्रो
मिलाई मिलाई हालेको, सामान  हिजो जस्तो लाग्छ !!


संजिब कटुवाल










No comments:

Post a Comment